पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत देउवाले बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।




















