बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ।