भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् ।

बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।