प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्। स्वदेश फर्किएलगत्तै सभामुख अर्यालले महासभामा नेपालको सहभागिता र छलफलका विषयमा पत्रकारहरूलाई जानकारी गराउने कार्यक्रम रहेको छ। पत्रकार भेटघाटका लागि दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन अनुरोध गरिएको छ।
सभामुख अर्यालको नेतृत्वमा सात सदस्यीय नेपाली प्रतिनिधिमण्डल असोज १८ गते साँझ कतार एयरवेजको उडानमार्फत तान्जानियाको अरुसा प्रस्थान गरेको थियो।




















