खगेन्द्र सुनारले भने– मविरुद्ध एआई प्रयोग गरेर प्रचार गरियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्धका प्रचार कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिको प्रयोग गरेर बनाइएको दाबी गरेका छन् ।

एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि मंगलबार एक भिडियाे जारी गर्दै उनले यस्ताे बताएका हुन् । ‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन् । एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ उनले भनेका छन् ।

भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदा आफूले निर्मम अत्याचार र घृणाको सामना गर्नुपरेको उनको भनाइ छ । आफूविरुद्ध उठेका प्रत्येक प्रश्न र आरोपको छानबिन गर्न आग्रह गर्दै उनले यस्ता भ्रममा नपर्न आम नागरिकलाई अपिल गरेका छन् ।