अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए।
आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यस विधामा ४१ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए।




















