कांग्रेस महाधिवेशन :सबै पदको मतपरिणाम भोलिसम्म आइसक्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबारसम्म सकिने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार भूगोलअन्तर्गतका मतगणना गर्न बाँकी छ ।

‘भूगोलभन्दा बाहेक अरुको करिब आइसक्यो । भोलिसम्म सबै मतपरिणाम आइसक्छ भन्ने विश्वास छ,’ उनले भने ।