साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको आक्रमणमा घाइते भएका दुई नेपाली खतरामुक्त रहेको नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार घाइते दुवै जनाको उपचार भइरहेको छ। उनीहरू चाँडै अस्पतालबाट डिस्चार्ज हुने अपेक्षा गरिएको छ।
आक्रमणको क्रममा भिडियो खिचेको आरोपमा पक्राउ परेका अर्का नेपालीलाई पनि साउदी सरकारले रिहा गरेको बताइएको छ। हुथी विद्रोहीले गरेको उक्त आक्रमणमा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।
घटनापछि साउदी अरबमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाली दूतावासले सुरक्षा अवस्थाको अनुगमन तीव्र बनाएको जनाएको छ।




















