अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी तथा सैन्य गोप्य सूचना सञ्चारमाध्यममा चुहाउने व्यक्तिलाई गोली हान्नुपर्ने बताएका छन् । आउँदो नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनका निम्ति समर्थन जुटाउने क्रममा एरिजोनाको बुलहेड सिटीमा आयोजित चुनावी र्यालीमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
र्यालीमा सहभागी भीडलाई सम्बोधन गर्दै उनले भने, ‘मेरो विचारमा सूचना चुहाउनेहरूलाई गोली हान्नुपर्छ । विगतमा कुनै देशमाथि कहिले आक्रमण गर्ने भन्नेजस्ता संवेदनशील सूचना चुहाउनेहरूलाई गोली हान्ने गरिन्थ्यो ।’
ट्रम्पको यो अभिव्यक्ति सन् २०२५ जुनमा इजरायल र इरानबीच भएको १२ दिने युद्धका क्रममा अमेरिकाले इरानमाथि गरेको सैन्य आक्रमण ‘अपरेसन मिडनाइट ह्यामर’सँग जोडिएको छ ।


















