रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले ९ एमएमका २७ थान गोली बरामद गरेका छन्। मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सुरक्षाकर्मीलाई देखेपछि एक युवक झोला फालेर फरार भएका थिए। उक्त झोला जाँच गर्दा ९ एमएमका जस्ता देखिने २७ थान गोली फेला परेको हो।
सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्डको टोलीले गोली बरामद गरेको हो। गोली कसले र कुन प्रयोजनका लागि ल्याएको भन्ने खुलेको छैन।


















