पदभार सम्हाल्न आज चीन जाँदै राजदूत शर्मा

चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्मा पदभार ग्रहण गर्न आज बेइजिङ प्रस्थान गर्दै छन् । शर्माले बुधबार सामाजिक सञ्जालमार्फत आफू जिम्मेवारी सम्हाल्न चीन जान लागेको जानकारी दिएका हुन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए।