कुवेतको सेनाले देशको हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम)ले शत्रुतापूर्ण ड्रोन आक्रमणहरूको प्रतिकार गरिरहेको जनाएको छ । कुवेती सेनाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा एक पोस्ट सार्वजनिक गर्दै भनेको छ, ‘कुवेतको हवाई प्रतिरक्षा प्रणालीले यतिबेला शत्रुतापूर्ण ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ।’
कुवेती सेनाका जनरल स्टाफका अनुसार देशका विभिन्न भागमा सुनिएका ठूला विस्फोटका आवाजहरू हवाई प्रतिरक्षा प्रणालीले ती ड्रोन आक्रमणहरूलाई आकाशमै निस्तेज पार्ने क्रममा निस्किएका हुन् । इरानी सञ्चारमाध्यमहरूले अरब स्रोतहरूलाई उद्धृत गर्दै कुवेतमा कैयौँ विस्फोट भएको समाचार प्रसारण गरेका छन् । पछिल्ला केही दिनयता मध्यपूर्वमा सैन्य तनाव थप चर्किएको छ ।
इरानले केशम र सिरिकलगायत खाडीका तटीय क्षेत्रहरूमा अमेरिकाले गरेको हवाई आक्रमणको जबाफस्वरूप बहराइनस्थित अमेरिकी रडार केन्द्रहरूमा हमला गरेको घोषणा गरेको थियो ।


















