नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगले बोलाएको राजनीतिक दलहरूसँगको छलफलमा सहभागी नभई बाहिरिएका छन्।
स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न आयोगले बोलाएको बैठकमा केहीबेर उपस्थित भएर बाहिरिएका ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर आएको’ प्रतिक्रिया दिए। बैठकमा एमालेबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल सहभागी छन् भने अन्य दलका शीर्ष नेताहरू छलफलमा छन्।


















