बंगलादेशमा हिंसा चर्कियो, सत्तारूढ दलका २ नेताको ह#त्या

बंगलादेशको नडाइल जिल्लास्थित कालिया उपजिल्लामा बीएनपीको जुलुसमाथि आक्रमण हुँदा दुई नेताको मृत्यु भएको छ। बुधबार साँझ करिब ७ बजे प्रतिबन्धित गतिविधिमा संलग्न अवामी लिगका कार्यकर्ताहरूले जुलुसमाथि आक्रमण गरेको आरोप छ।

मृत्यु हुनेमा कालिया उपजिल्ला कृषक दलका महासचिव शाहिन र जातीयतावादी सामाजिक सांस्कृतिक संस्थाको उपजिल्ला एकाइका महासचिव सोहेल मोल्ला रहेका छन्। आतङ्कवाद र अराजकताविरुद्ध आयोजित विरोध जुलुसका क्रममा भएको आक्रमणमा दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरी तथा स्थानीय स्रोतका अनुसार बीएनपी र त्यसका भ्रातृ सङ्गठनहरूले कालिया सहरमा जुलुस निकालेका बेला घटना भएको हो।