एनपीएल फाइनलको टिकटमा हानथाप, खुल्नेबित्तिकै सोल्ड आउट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टिकट खुल्नेबित्तिकै करिब दुई लाख प्रयोगकर्ता खरिदका लागि अनलाइनमा सक्रिय भएका थिए। मैदानको सीमित क्षमताका कारण सबैले टिकट पाउन नसकेको जनाउँदै क्यानले समर्थकसँग क्षमायाचना गरेको छ। शनिबार हुने फाइनल खेल अनलाइन तथा आधिकारिक प्लेटफर्मबाट हेर्न पनि क्यानले आग्रह गरेको छ।