धर्म र अध्यात्म ३७ महामृत्युञ्जय मन्त्रशक्ति

आज शनिबार, खासगरी अमरत्व प्राप्ति र दुर्घटनारहित जीवन यापनका लागि हरेक व्यक्तिले विहानै स्नानपछि महामृत्युञ्जयी मन्त्र जप गर्नु पर्ने हुन्छ । यो मन्त्रले अभयी श्रीरुद्र प्रसन्न रही साधकलाई विशेष सुरक्षाकवच् प्रदान गरिदिनुहुन्छ । मन्त्र यस प्रकार छ ।
ॐ ह्रौँ जुँ सः त्र्यम्वकं ंयज्जामहे सुगन्धिंंपुष्टिबद्र्धनम् । उर्वारुकमिवबन्धनान्मृत्योर्मूक्षीयमामृतात् । ॐ सः जुँ ह्रौँ ।।
मन्त्रको शाव्दिक अर्थः त्रिनेत्रधारी महशाशिवलाई मेरो सुगन्ध वृद्धि, तुष्टि, पुष्टि वृद्धिका लागि, बन्धनको कष्ट हटाई मुक्तिको अभयी मार्ग प्रदान गर्ने सर्वेश्वरलाई यजन, पूजन, ध्यान गर्छु, जसरी लहरामा फल्ने काँक्रा, फर्सी आदि राम्रा फलहरुले सुकेका लहराबाट मुक्ति पाई स्वादिला हुन्छन्, आकर्षक रहन्छन्, त्यस्तै अज्ञानता, भय, त्रास, चिन्ता दूर भई म ज्ञानी, निर्भयी भई, चिन्तारहित, सुखी र मृत्युको मुखबाट पनि मुक्ति पाई सहज जीवन यापन गर्न सकौँँ भन्ने हो ।
अघि शिवको आह्वान बिना नै ठूलो यज्ञ सम्पन्न गर्न सक्छु भन्ने घमण्ड गर्ने ब्रह्मा पुत्र दक्षप्रजापतिले आप्mनै यज्ञमा शिव सेनाधिपति वीरभद्रबाट टाउको घुमाई मृत्युवरण गर्नु परेको थियो । ब्रह्माका पुत्र दक्षकी विरिणी पत्नीबाट स्वयं नव दुर्गाले दक्षकै ठूलो तपले प्रसन्न भई छोरीका रुपमा जन्म लिनु भएको थियो । ब्रह्माकै योजनानुरुप पुत्री सतीको बिहे श्रीशिवसंग गराइए पनि दक्षले एकपल्ट छोरा सरहका जुवाइँ नाताका शिवबाट अनादर भएको भन्ने विचार गरी शिवको पनि अनादर गर्छु र ठूलो यज्ञमा उनलाई निम्तो दिन्न भन्ने मनसायले महायज्ञ आयोजना गरेका थिए । त्यसमा त्रिलोकका पति श्रीविष्णु र ब्रह्मा आदि सबै देवगणलाई निम्तो दिई भव्य स्वागत गर्दा ठाँटिएर दक्षका यज्ञमा सबै अतिथिगण आएका, सबैले यथेष्ठ भाग पाएका तर शिव सती नदेख्दा दधिचि आदिले त्यो यज्ञमा अपमान सम्झेर त्यहााबाट हिँडेका थिए भने केही आदेश अर्ती नमानेका दक्षले आप्mनो बल र तुजुक देखाई श्रीविष्णुलाई यज्ञको जिम्मा दिएका थिए, शिव आबश्यक छैनन् भन्दै उहाँको भयंकर अनादर पनि गरिएको थियो । पछि मात्रै यज्ञबारे जानकारी पाएकी सतीलाई असह्य भई माइतीमा शिवसेना साथ आएर यज्ञको उत्तर दिशामा बसी आप्mनै तपोवलले प्राण वायु खिचेर प्राण विसर्जन गरेकी थिइन् । यी सबै खवरका ज्ञाता शिवलाई गुरु नारदबाट सबै विवरण प्रस्तुत गरिसकेपछि शिव जटाबाट वीरभद्रलाई निकालेर यज्ञ विध्वंश गर्न आदेश भएको थियो भने वीरभद्रले दक्षको यज्ञमा रहेका यज्ञपुरुषले भागेर ज्यान बचाउन मृगको रुप लिई आकाशमार्ग लिन खोज्दा मृगको घाँटी काटी दुई टुक बनाइदिएका थिए । ब्रह्मा र श्रीविष्णु पनि दक्षपक्षमा लागेको देखेर वीरभद्रलाई असह्य हुँदा दुबै यज्ञबाट अलप हुनुपरेको थियो भने शस्त्रबाट नमर्ने वरदान पाएको दक्षको छातीमाथि चढेर वीरभद्रले टाउको निमोठेर मारेका थिए ।
त्रैलोक्यका पिता श्रीविष्णु समेत भाग्नु परेको कारण के रहेछ भनी खोज्दा नारदको प्रश्नमा स्वयं ब्रह्मजी भन्नुहुन्छ शिव महापुराणमा कि श्रीविष्णुले दक्षको पक्षमा वकालत गरेकाले उहाँ भाग्नु परेको थियो ।
एकपल्ट पृथ्वीमा असल शासन गर्ने क्रममा क्षुभ भन्ने एक राजाले धर्तीमा राज्य गर्दै थिए, उनी प्रजापालक थिए, सबैलाई सन्तान सरह माया गर्थे, कतै असहजता थिएन, उनी आपूmलाई दैवी शक्ति प्राप्त दैवकै अँश स्वरुप राजा भएको बताउँथे । सल्लाहकारमा थिए उत्तिकै ईश्वर भक्ति र पूरै दैवी गुण भएका दधिचि उनका राजगुरु । उनी महातपस्वी च्यवनका पुत्र थिए । अघि ब्रह्मा र विष्णुमा को ठूलो भन्ने घमण्डले शिवले अग्निस्तम्भ प्रकट गराई फेद र टुप्पो नाप्न लगाउँदा दुबैले सकेका थिएनन्, दुबैपक्ष वीच घम्साघम्सी हुँदा श्रीरुद्रले छिनोफानो गर्नु परेको थियो । यहाँ छिनोफानो अघि नै दुबैका बीच धक्कामुक्का भयो । दुवैले आपूm ठूलो भनिरहँदा दधिचिले वायाँ कुहिनोले राजा क्षुभमा के प्रहार गरेका थिए, राजाले वज्र प्रहार गरी राजगुरु दधिचिलाई हाडखोड बनाइदिए । मृत्युवरण गर्नु पूर्व दधिचिले आप्mना गुरु शुक्राचार्यलाई स्मरण गरे, तुरुन्तै शुक्राचार्यले आपूmसंग भएको माथिको मृतसञ्जिीवनी मन्त्र प्रयोग गरेर हाडखोडलाई पूर्णाता दिइ दधिचिको पण भरे, गुरु सवल भए । शुक्राचार्यले दधिचिलाई भने तिम्रा राजाले फेरि बदला लिन सक्छन् त्यसैले आपूm पूर्ण शक्तिशाली बन्न निर्भयी वरदान पाउन श्रीशविको आराधना गर भन्दै नमः शिवाय र माथिको मन्त्र मन्त्र दिएर उजलाई कठिन व्रत र शिव आराधनामा लगाए । मन्त्र प्रयोग गरी दधिचिले कठोर व्रत गरे । शिव प्रसन्न भएर दर्शन दिँदै वरदान माग भन्ने क्रममा उनले आपूmलाई ३ वटा वर दिनुहोस् भन्दै वर मागे । पहिलो वर आप्mनो शरिर अभेद्य हाडहरु वज्को हुनु पर्ने, कसैले मार्न नसक्ने र आपूm कतै झुक्नु नपर्ने तीन किसिमको वर माग्दा शिवले ती ३ वरदान दिएर अन्तरध्यान हुनु भयो । दधिचि पनि आपूmले अभेद्य वरदान पाएर अघि आपूmलाई मार्ने राजा क्षुभसंग बदला लिन गए । दधिचिले मुक्का प्रहार गरेपछि राजा ढले, केही गर्न सकेनन् । यिनले यस्तो बल यिनलाई प्राप्त भएको देखेर गुप्त रुपमा इन्द्रका भाई उपेन्द्रसंग सम्पर्क गरे, उपेन्द श्रीविष्णुकै अँश थिए, उनले वैकुण्ठाधिपति श्रीविष्ष्णुसंग उनका बारे सो कुरा गर्दा श्रीविष्णुले भन्नुभयो कि मैले देव सेनापक्ष लागेको, समर्थन गरेको दक्ष यज्ञतिर आकर्षण बढाएकाले यज्ञबाट हार खानु परेको, भाग्नु परेको, मैले अब सहयोग, सहायता गर्न नसक्ने, गरेमा यस्तै अपहेलना खेप्नु पर्ने भनी उपेन्द्रलाई सम्झाउनु भयो । दधिचिले महामृत्युञ्जयको मन्त्रले आपूm निर्भयी हुन सकेको सन्दर्भ आजको शनिबारमा अस्तु, सबैको कल्याण होस् ॐ नमः शिवाय ।