मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले मैथिलीमा लिए पद तथा गोपनीयताको शपथ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख डा.सुरेन्द्रलाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री यादवले मैथिलीमा शपथ लिएका हुन् ।

यादवको मुख्यमन्त्रीका रूपमा यो दोस्रो कार्यकाल हो। यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकालमा मधेस प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए।