नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा निस्किएका छन् । उनले रसुवा, नुवाकोट र धादिङका प्रभावित बस्ती तथा होल्डिङ सेन्टर पुगेर पीडितहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ।
थापा टोखा–छहरे हुँदै नुवाकोटको बेत्रावती पुगेका छन् । त्यहाँ रसुवा र नुवाकोटका प्रभावितसँग अन्तरक्रिया गरेपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टर पुग्नेछन्। त्यसपछि नुवाकोटको ढुंगे, त्रिशूली बजार र विदुरमा प्रभावित तथा सरोकार समितिका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । पिपलटारमा रहेका पाँचवटा होल्डिङ सेन्टरको समेत अवलोकन गर्नेछन्।
त्यसैगरी देवीघाट हुँदै धादिङको गल्छी र गजुरी पुगेर बाढी प्रभावितसँग भेटघाट गरेपछि उनी गल्छीबाट काठमाडौं फर्कने थापाको सचिवालयले जनाएको छ।


















