नेकपा एमालेको सचिवालय बैठक आज अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।
रास्वपा सभापति रवि लामिछाने पक्राउ पछिको राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बस्ने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आगामी २ मंसिरदेखि सुरु हुने र १६ मंसिरमा मतदाता हुने कार्यतालिका छ ।यसअघि २४ असोजमा बसेको एमाले सचिवालय बैठकले स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक २२ गतेसम्म तल्ला कमिटीबाट आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको थियो ।


















