यस्ता छन् राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णयहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

पार्टीको हिजो (शनिबार) बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा रास्वपाका सभापति रवि लामिछाने पक्राउको रिहाइको माग गरेका छन् । साथै निरन्तर आन्दोलन जारी राख्ने समेत बताएका छन् ।