तिहारमा जति विद्युत प्रयोग गरे पनि हुन्छः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि हुने उनले बताएका छन।
कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने उनले बताए।‘तिहारको लागि विद्युत आयात गर्नु पर्दैन। बढी पनि हुन्छ। कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन। तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु,’ उनले भने।

यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको उनले जानकारी दिए।

सकेसम्म तिहारमा विद्युत पुर्‍याएर निर्यातसमेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको उनको भनाइ छ।