जसपा नेपाल झापाको अध्यक्षमा चौधरी

झापामा जनता समाजवादी पार्टी,नेपालको झापा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । दमकमा आयोजित पार्टीको जिल्ला भेलाद्वारा पुनर्गठित समितिको अध्यक्षमा शत्रुधन चौधरी चयन भएको छ ।
समितिको उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र सावित्रीकुमारी राजवंशी,सचिवमा विष्णु महतो,उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नुतन झा चयन भएको छ।पुनर्गठित समितिको सदस्यहरुमा लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली,राजेश राजवंशी,रञ्जना ढुङ्गाना,गुणराज राई, गोपाल ताजपुरिया,जयनारायण राजवंशीलगायत भएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलामा पार्टीका केन्द्रीय सदस्य धीरेन लावती, लोकसागर साम्बा,कोशी प्रदेश अध्यक्ष दीपक याक्खालगायतको सहभागिता रहेको थियो ।
भेलामा सहभागी वक्ताहरुले पहिचान र सङ्घीयताका निम्ति राजनीतिक आन्दोलनमा रहेका स–साना शक्तिहरुलाई आफूमा समाहित गरेर अगाडि बढ्न सकेमात्र जसपा नेपालको आन्दोलन सशक्त हुने सुझाव दिएका थिए ।