कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जापान भ्रमणबारे आलोचना भएसँगै बुधवार राजीनामा दिएका छन ।उनले नक्कली कागजात बाहकलाई सँगै लिएर जापान गएको खुलेको छ । नक्कली कागजात बाहकलाई सँगै लिएर जापान गएको खुलेको पछि उनी जापानबाट डिपोर्ट भएर आएका थिए ।
अधिकारीसँगै जापान गएका ३ जना सहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । मन्त्रीसँगै जापान जानेहरूमा खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् । कार्तिक १४ मा मन्त्री सहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।
काठमाडौँ विमानस्थलमा ओर्लिएपछि ३ जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगायो । तर, मन्त्री अधिकारी विमानस्थलबाट सहजै बाहिरिए । पक्राउ पर्नेमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर छन् ।

















