अवैध लागूऔषध सहित दुई जना पक्राउ

तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल,ब्रुफिन १६ एम्पुल र फेनारगन १६ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३० ढुङ्गेपाटन बस्ने ३७ वर्षीय हरि बहादुर कुमाल र २० वर्षीय भरत कुमाल रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले खैरेनिटारबाट दुलेगौंडातर्फ जाँदै गरेको ग.१३ प २६२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।