झापाको बिर्तामोड नगरपालिका-३ स्थित आशाम भवन एण्ड लजमा भारत सोनिकपुर घर भएका ५६ वर्षीय राम बहादुर भुजेल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही,तिलोत्तमा नगरपालिका-१० सक्रहवा बस्ने २७ वर्षीय हरि प्रसाद हरिजन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन,माडि नगरपालिका-१ स्थित नारायणी नदी किनारमा हाल नाम,थर,वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दी,अन्नपूर्ण गाउँपालिका-५ भिरकोट बगरस्थित कालिगण्डकी नदीमा हाल नाम,थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















