बढ्यो डिजेल र मट्टितेलको मूल्य

 

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।  इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी प्रतिलिटर तीन रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

मूल्य समायोजनसँगै डिजेल तथा मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।