‘ Best  casino in south Asia’ अवार्डबाट क्यासिनो माजोङ्ग चौथो पटक सम्मानित

 

काठमाडौंको सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङ्ग ‘होटल दि सूर्य नयाँदिल्लीमा’ आयोजित १९ औं टुरिजम, ट्राभल एण्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा ‘ Best  casino in south Asia’ अवार्डबाट चौथो पटक सम्मानित भएको छ । नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो माजोङ्गका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ सम्मानित हुनु भएको छ ।
भारत सरकारका सडक यातयात तथा हाईवे राज्यमन्त्री अजय भट्ट , गान्धी स्मृतिका उपाध्यक्ष तथा पूर्व युवा तथा खेलकुद, रक्षा तथा टुरिजम राज्यमन्त्री विजय गोयल ,पश्चिम दिल्लीबाट लोकसभाका माननीय सदस्य श्रीमती कमलजीत सेरावत , भारतीय जनता पार्टीका महासचिब तथा दक्षिण दिल्लीबाट लोकसभाका माननीय सदस्य रामवीरसिंह विधुरीुको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको थियो ।
क्यासिनो माजोङ्ग अध्यक्ष / प्रबन्ध निर्देशक विनोद श्रेष्ठ बिगत २५ बर्ष देखि पर्यटन व्यवसायमा आवद्ध हुनु हुन्छ । क्यासिनो , होटल तथा रिजोर्टस , ट्राभल लगायतका ब्यवसायमा उहाँको लगानी छ । उहाँको स्वामित्वमा रहेको क्यासिनो माजोङ्ग नेपालकै नम्बर १ क्यासिनो हो । क्यासिनो माजोङ्गले बर्सेनी लाखौ बिदेशी पर्यटक नेपाल भित्राउदै आएको छ । यो अवार्ड त्यसकै प्रतिफल हो ।
सोही समारोहमा क्यासिनो माजोङ्ग नेपालगञ्जलाई ‘वेस्ट क्यासिनो ईन नेपाल ’बाट सम्मानित गरिएको छ । उक्त अवार्ड क्यासिनो माजोङ्ग नेपालगञ्जका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई प्रदान गरिएको छ ।
यस्तै सोही समारोहमा क्यासिनो माजोङ्ग नेपालगञ्जका महा प्रबन्ध निरजकुमार प्रधान ‘बेस्ट क्यासिनो जनरल म्यानेजर अफ साउथ एसिया’ अवार्डबाट सम्मानीत हुनु भएको छ । गत बर्ष सन् २०२३ मा काठमाडौस्थीत क्यासिनो माजोङका महाप्रबन्धक अमुल्य विक्रम राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर अफ साउथ एसिया ’ अवार्ड प्राप्त गर्नु भएको थियो ।
क्यासिनो माजोङ्ग भारतको नयाँ डिल्लीमा आयोजित हस्पिटालिटी अवार्ड कार्यक्रममा सन् २०२२, २०२३ र २०१९ मा र २०१८ मा ‘वेष्ट क्यासिनो इन नेपाल ’अवार्डबाट सम्मानित भईसकेको छ । सन २०२३मा क्यासिनो माजोङ्ग नेपालगञ्जले ‘वेष्ट क्यासिनो इन नेपाल ’अवार्ड प्राप्त गरेको थियो । क्यासिनो माजोङ्ग नेपालले पाएको यो अवार्ड दक्षिण एसियाकै प्रतिष्ठीत अवार्ड हो ।
भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इण्डियापब्लिकेसन्स ग्रुप’ ले बर्सेनी संसारभरका होटल र क्यासिनोलाई अवार्ड बितरण गर्दै आएको छ । दक्षिण एसियामा हस्पिटलिटी क्षेत्रलाई प्रवर्धन गर्न यो कार्यक्रम गरिन्छ ।
दक्षिण एसियामा बेष्ट हस्पिटलिटी कसले दिएको छ भनेर हस्पिटालीटी इन्डियाले गभ्भिर अध्यन पछि अवार्डकालागि छनौट गर्दछ । कुन क्यासिनोको टान्जेक्सन कस्तो छ । भिजिटरको संख्यालगायत पाटोमा हस्पिटालीटी इन्डियाले गभ्भिर अध्यन पछि अवार्डकालागि छनौट गर्दछ । सम्वन्धीत मुलुकको बजारमा कसको बढी क्रेज छ कुन लोकप्रिय छ भनेर अध्यन पछि अवार्डकालागि छनौट गरिन्छ ।
हस्पिटालीटी इन्डियामा भारतको पर्यटन क्षेत्रमा आवद्ध ब्यक्ति ,भारतको पर्यटन बोर्ड ,भारतीय पर्यटन मन्त्रालयका अधिकारी आवद्ध छन । भारत पर्यटन बिकास निगम लिमिटेडको यसमा बिशेष संलग्नता छ । उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड समेत सहसंयोजक रहेको छ ।
ट्राभल तथा आतिथ्य अवार्डमार्फत पर्यटन उद्योगका बिभिन्न क्षेत्रका कम्पिनीलाई अन्तराष्ट्रिय मान्याता प्रदान गर्ने गरिन्छ । उत्कृष्ट क्यासिनाहरु, होटलहरु तथा रिसोर्टमा, टुर अप्रेटरहरु स्पा एण्ड वेलनेस सुबिधा प्रदायकहरु, रेस्टुराँ तथा प्रबिधि र अन्बेषण कम्पनीहरु पर्यटन क्षेत्रमा आवद्ध ब्यक्रिहरुलाई उक्त अवार्ड प्रदान गरिदै आएको छ ।