आज उपनिर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिदैँ

बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ। दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।