युक्रेनी सेनाले अमेरिकाको सहमतिपछि पहिलो पटक लामो दूरीको मिसाइल रुसमा प्रहार गरेको छ। यसअघि मंगलबार नै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोगको सर्तहरू विस्तार गर्नेका लागि आणविक सिद्धान्तको कानुन परिमार्जित गरेका छन्। युक्रेनले अमेरिकाबाट प्राप्त एटिएसीएमएस मिसाइल प्रयोग गरी रुसको पश्चिमी ब्रायान्स्क क्षेत्रमा रहेको एक सैन्य सुविधा लक्षित क्षेत्रमा आक्रमण गरेको हो। रुसको रक्षा मन्त्रालयले इन्टरफ्याक्स समाचार एजेन्सीलाई युक्रेनले आक्रमण गरेको पुष्टि गरेको हो।
यो आक्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई रुसभित्रका लक्ष्यहरूमा प्रयोग गर्न स्वीकृति दिएपछि भएको पहिलो हमला हो। यो निर्णयको दुई महिना पछाडि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै अन्त्य गर्ने वाचा गर्दै नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्ने तयारीमा छन्।
युक्रेनको जनरल स्टाफले यसअघि कराचेभ सहरको गोदाममा आक्रमण भएको पुष्टि गरेको थियो, जहाँ युक्रेनको सीमाबाट करिब ११५ किलोमिटर ९७१ माइल० टाढा रहेको ठाउँमा गोला बारुद विस्फोट गराइएको थियो। जनरल स्टाफ वा युक्रेनको रक्षा मन्त्रालयले कुन प्रकारको मिसाइल प्रयोग गरिएको हो भनेर टिप्पणी गर्न अस्वीकार गरेका छन्, किनभने यो जानकारी गोप्य राखिएको छ। रुसको रक्षा मन्त्रालयले भने यसको सेनाले पाँचवटा मिसाइल खसाल्न सफल भएको र कुनै हताहति नभएको जनाएको छ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा गम्भीर र दुर्गामी आदेशमा हस्ताक्षर गरेका छन्, जसले रुसलाई आफ्नै भूमिमा भएको परम्परागत आक्रमण, जसले यसको सार्वभौमिकतामा खतरा पुर्याउँछ (ड्रोनद्वारा गरिएका आक्रमणहरू पनि समावेश छन्) को प्रत्युत्तरमा परमाणु हतियार प्रहार गर्न अनुमति दिन्छ।
अनलाइन प्रकाशित दस्तावेजका अनुसार, कुनै पनि गैरपरमाणु राष्ट्रद्वारा गरिएका आक्रमण, यदि त्यो परमाणु शक्तिद्वारा समर्थित छ भने रुसले आफू वा आफ्ना सहयोगीहरूविरुद्धको संयुक्त आक्रमणको रूपमा लिनेछ। यो पुटिनले सेप्टेम्बरमा परमाणु सिद्धान्त परिमार्जन गर्ने गरेको प्रतिबद्धतापछि आएको हो। यसको अर्थ अमेरिकाको आदेशमा यदि युक्रेनले लामो दूरीको मिसाइल प्रहार गरेमा अब रुसले युक्रेनमाथि आणविक आक्रमण गर्न सक्ने बाटो खुल्ला गरेको छ।
पछिल्ला कदमहरुले लगानिकर्ता त्रसित बन्दा सरकारी बन्डहरूको मूल्य र जापानी येन तथा स्विस फ्राङ्कजस्ता परम्परागत सुरक्षित मुद्राहरूको मागमा वृद्धि भएको जनाइएको छ। लगानिकर्ताहरु सुरक्षित सम्पत्तिको खोजीमा देखिएका छन्। अमेरिकी ट्रेजरीहरूको प्रतिफल सम्पूर्ण कर्भमा कम्तीमा ६ देखि ७ आधार अंकले घटेको छ। येन डलरको तुलनामा ०.८५ ले माथि उक्लियो, जबकि फ्राङ्क अगस्टदेखि युरोको तुलनामा सबैभन्दा बलियो स्तरमा पुग्न सफल भयो।



















