एमालेको सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दैछ सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताएको छ।

र्‍याली सहित एमाले काठमाडौंको भद्रकालीबाट निकाल्ने तयारी गरेको छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।