सत्तारूढ नेकपा एमालेको जागरसभामा सहभागी हुने नेता-कार्यकर्ता सहभागी जुलुस अहिले दरबारमार्गतिर गइरहेका छन् । काठमाडौँका विभिन्न ठाउँबाट निस्किएको र्याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । सांस्कृतिक कार्यक्रम र नाचगानसहित नेता-कार्यकर्ताहरू सहभागी जुलुस नारायणहिटी संग्रहालयअगाडिको मुख्य सडकमा जम्मा भइरहेको छ।
नारायणहिटी दरबार संग्रहालय परिसरमा आयोजित सभालाई केहीबेरपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



























