सत्तारुढ दल नेकपा एमालेकाले गत एक बर्षदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’को नेतृत्व गरी रहेका दुर्गा प्रसाई सँग अघोषित प्रतिस्पर्धा गरिरहेको छ । किनकि गत वर्ष २०८० मंसिर ७ गते काठमाडौंमा दुबैले एकै दिन प्रदर्शन गरे । त्यसको एक बर्षपछि २०८१ मंसिर ७ गते पनि दुबैले काठमाडौंमा एकै दिन प्रदर्शन गरे । दुर्गा प्रसाईका समर्थकले कोटेश्वर र एमालेले दरवार मार्गमा प्रदर्शन तथा सभा गर्यो । गत बर्ष एकैदिन एकै ठाउँमा शक्ति प्रदर्शन गर्ने कार्यको सुरुवात दुर्गा प्रसाईं र एमाले युवा नेता महेश बस्नेत बीचको टकराव हो कि भन्ने अनुमान थियो । तर, यो पटक पनि एमालेले दुर्गा प्रसाईले काठमाडौंमा विरोध सभा गर्ने दिनै आफ्नो सभा गरेपछि टकराव प्रसाई र बस्नेत विच होइन प्रसाई र एमाले बिच भएको देखियो । किनकि प्रसाई विरुद्ध एमालेको मूल नेतृत्वले नै प्रसाईकै प्रदर्शनसँग जुधाएर कार्यक्रम गर्ने निर्णय गर्यो ।
यति बेला आम जनमानसमा कौतुहलता जन्मिएको छ । दुर्गा प्रसाईंको सानोतिनो अभियानविरुद्ध भिडन्त गर्ने निर्णयमा एमाले किन पुग्यो भनेर ? प्रसाई कुनै विशेष मान्छे नभई नेकपा एमालेकै पूर्व केन्द्रीय सदस्य मात्र हुन् । यसरी हेर्दा एमालेका सामु दुर्गा प्रसाईं निकै कमजोर पात्र हुन् । प्रसाईको विवादास्पद व्यक्तित्वको कारण पनि उनी एमाले सामु कमजोर नै देखिन्छन् । तर प्रश्न उठ्छ उनीसँग एमाले किन तर्सिन्छ ?
कुनैबेला ‘मार्सी व्यञ्जन’का लागि आफ्नै भान्साको टेबल शेयर गरेका प्रसाईंलाई सामाजिक सञ्जालले एकाएक चर्चामा ल्याएको हो । यसरी हेर्दा उनी सामान्य पात्रका रूपमा देखिन्छन् । यो केपी ओली र एमालेले बुझेको छैन भन्न मिल्दैन । तर पनि उनका सामु एमाले र प्रधानमन्त्री केपी शर्मा ओली हायलकायल देखिन्छन् र सिंगो पार्टीलाई प्रसाईंविरुद्ध उभ्याउँछन् । यस्तो महत्व दिनुको कारण के हो त्यो भने रहस्यमा छ । किनकि पछिल्लो समय शक्ति प्रदर्शनको होडबाजी दुर्गा प्रसाई भर्सेस एमाले र केपी ओली देखिएको छ ।
प्रसाईंले ओलीमाथि कम्बोडियाको टेलिकम्युनिकेसनमा लगानी गरेको आरोप लगाएका छन् भने गत वर्ष झापामा महेश बस्नेत कार्यक्रममा सहभागी हुन जाँदा प्रसाईंका समर्थकले बस्नेतकोे गाडी तोडफोड गरेका थिए । यत्तिको रिसमा यति ठूलो झगडा पक्कै भएको होइन आम मानिसको आंशका छ केपी ओलीको कुनै ठूलै कमजोरी दुर्गा प्रसाईलाई राम्रै सँग थाहा छ त्यही भएर उनले नडराई ओलीको बिरोध गर्दछन् ओलीले । आफ्नो कमजोरी प्रसाईले बाहिर ल्याए पनि जनताले नपत्याउन भन्नकोलागि भिडन्त गरि रहेका छन् । किनकि अहिले नै झगडा गरेपछि जति सत्य कुरा बाहिर आएपनि झगडियाले लगाएको आरोप भनि सामान्यीकरण गर्न सजिलो हुन्छ । होइन भने उनीहरुले २०८१ मंसिर ७ गतेको कार्यक्रममा पनि प्रसाईकै कुरा घुमाउरो तरिकाले बोले जस्तो कि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि भएका दुष्प्रचारहरू निराधार भएको बताए । उनले पछिल्लो समय केही तत्वहरूले भ्रम फैलाएर जनतामा घृणा फैलाउने दुष्चेष्टा गरिरहेको आरोप लगाए ।
उनले भने,’आफू बदमासी गर्ने अरुको टाउकोमा खन्याउने। यस्ता भ्रममा कोही पर्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन।’। त्यसैगरी महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा भ्रम र षडयन्त्रको प्रयास भइहेको बताए। उनले यसलाई चिरेर मुलुकलाई विकासको यात्रामा बढाउनका लागि जागरण सभा गरिएको भन्दै अप्रत्यक्ष रुपमा प्रसाईले लगाउने गरेका आरोपको प्रतिबाद गरे । यस्तो झगडाको भित्री रहस्य के हो त्यो खोज र आम चाँसोको विषय छ ।
यसै प्रसङगमा २०८१ मंसीर ७ गतेको एमालेको जागरण सभाको संयोजक राजन भट्टराई एकाएक कम्बोडिया हाएिका छन्।
हुन त पूर्व निर्धारित कार्यक्रममा सहभागीताका लागि उनी कम्बोडिया गएको एमालेले भनेको छ। एकातिर दुर्गा प्रसाईले कम्बोडियामा केपी ओलीको लगानी भन्दै पत्रकार सम्मेलन गर्नु त्यस लगत्तै राजन भट्टराई आफ्नो संयोजकत्व कार्यक्रमलाई बिचमै छोडेर कम्बोडिया जानु कतै यसको संयोग त हैन ? कतै बाघ कराउनु र बाख्रा हराउनु भन्ने उखान त मेल खाइरहेको छैन? बजारमा सर्वत्र चाँसो छ।


















