इजरायली आक्रमणमा परी १०० बढी प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमणमा परी गाजामा पछिल्लो ४८ घण्टामा १०० बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।
इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार रातभर एक आवासीय घरमा भएको आक्रमणमा कम्तिमा पनि ७ जना मारिए भने दक्षिणी गाजामा पनि उतिनै मानिस मारिएका छन् । यस्तै, आंशिक रुपमा सञ्चालित अस्पतालमा भएको आक्रमणमा कयौं स्वास्थ्य कर्मचारी घाइते भएका छन् । क्मान अदवान अस्पतालका निर्देशक हुसाम अबु सफियाले इजरायली सैनिक बलले कयौँ पल्ट आपतकालीन सेवा नै समाप्त पार्ने गरी अस्पताललाई निशाना बनाएको बताएका छन् ।