लागूऔषध सहित एक युवा पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३५ वर्षीय ईन्सु रायलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले
विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २२९४ नम्बरको बसलाई जाँच गर्न क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।