इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले रोकी राखेको को।१ च ७६८९नम्बरको स्कारपियो गाडीभित्र गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार स्कारपियो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















