गाडीको ठक्करबाट एकजनाको मृत्यु

आज बिहान सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।गाडी बोर्डर नजिक चेक जाँचका लागि खटिएका यादवलाई ठक्कर दिएर भागेको हो । ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।