निर्वाचन आयोग : मतपरिणाम दुईदिनभित्र आउँछ

आज बिहान ७ बजेदेखि स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।

उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।वडामा एकभन्दा बढी मतदान केन्द्र छन् भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

उपनिर्वाचन हुन लागेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ गते राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।