१६ अङ्कले घट्यो नेप्से, यो साता परिसूचकमा १४ अङ्कको गिरावट

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १५.९३ अङ्कले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ । यो सातामा समग्रमा परिसूचकमा १४ अङ्कको गिरावट देखिएको छ । अघिल्लो साता बजार बन्द हुँदा परिसूचक २७४८ बिन्दुमा थियो । यो आइतबार बजार १० अङ्कले घट्यो । सोमबार २० अङ्कले बढ्यो भने मंगलबार १८ अङ्कले उक्लियो । बुधबार र आज बिहीबार भने बजार घट्यो । हिजो बुधबार २५ अङ्कले घट्दै परिसूचक २७५० बिन्दुमा थियो ।

आज कारोबार भएकामध्ये ४० कम्पनीको मूल्य बढेको छ । २०१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रह्यो । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रो र मानुषी लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

कारोबार रकमका हिसाबले आज नेपाल फाइनान्स कम्पनी शीर्ष नम्बरमा रह्यो । यसको ४२ करोड १९ लाख ३९ हजारको कारोबार भएको छ । बिहीबार व्यापार उपसमूहको सूचक ३.६७ प्रतिशतले बढ्यो । जीवन बिमा कम्पनीको ०.७९ प्रतिशतले बढ्दा अन्य सबै उपसमूहको सूचक भने घटेको छ ।