४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लगातार तीन जिपपछि ६ अंक जोडेर सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ । तीन खेल नै जितेको जनकपुर बोल्ट्सको समान ६ अंक भएपनि नेटरनरेटमा सुदूरपश्चिम अघि छ ।
लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो

















