काठमाडौ महानगरपालिका भित्र भष्टाचाका काण्ड भएको भन्दै अख्तियारमा उजुरी

 

काठमाडौ महानगरपालिका भित्र दर्जनौ भष्टाचाका काण्ड भएको भन्दै अख्तियारमा उजुरी परेको छ । अख्तियारमा २०८१ मंसिर २१ गते दर्ता भएको सो उजुरीको दर्ता नं सि ०३३२७५ रहेको छ । सो उजुरी दर्ता भएको प्रमाण सान न्युजलाई प्राप्त भएको छ । उक्त उजुरीमा भवन निर्माण ईजाजत तथा निमार्ण सम्पन्नताको प्रमाण पत्र दिदा काठमाडौं महानगरपालिकामा शहरी योजना आयोगमा विज्ञको रुपमा नियुक्ति लिएका सन्तोष पाण्डे र हरिशचन्द्र लामिछानेले रकम लिने गरेको , जहाँ खाली त्यहाँ हरियाली भन्ने कार्यक्रममा मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाह एवम् मेयरका सल्लाहकार अर्जुन घिमिरेको कमिसन लिने गरेको , काठमाडौं महानगरपालिकाका नगर प्रहरीका एससपी राजुनाथ पाण्डेल भवनको डिपीसी,नक्सा पास,अवैध निर्माण कार्यमा अप्रत्यक्ष ढङ्गाले दबाव दिई रकम उठाउने गरेको लगायत आरोप लगाईएको छ । प्राप्त समाचारमा पाँच बटा मुद्धा दर्ता गरिएको छ ,जसमा भनिएको छ ।
मुद्धा नं १
क) काठमाडौं महानगरपालिकामा शहरी योजना आयोगमा विज्ञको रुपमा नियुक्ति लिएका सन्तोष पाण्डे र हरिशचन्द्र लामिछानेले काठमाडौको नक्सालमा रहेको होटल हिल्टनको निमार्ण सम्मपन्नको पमाण पत्र दिन सन्तोष पाण्डेले रु ५ लाख र हरिशचन्द्र लामिछानेले १८ लाख घुस लिएको ।
ख) काठमाडौं महानगरपालिकामा शहरी योजना आयोगमा विज्ञको रुपमा नियक्ति लिएका सन्तोष पाण्डेले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई भवनको नक्सा पास तथा दस्तखत गर्ने शाखाको भदउक कथकतझ आफ्नो नियन्त्रणमा राखेर भवनको नक्सामा पास तथा दस्तखत गर्नु अघि सबै कामको मोलमोलाई गरि कमिसन लिने गरेको । त्यसैगरी सन्तोष पाण्डेले भवनको नक्सामा दस्तखत नगर्ने तर नक्सा बनाउन आफु निकटअयलकगतिबलअथ नक्सा नबाए नक्सामा पास तथा दस्तखत नगर्न सो शाखाका ईन्जिनियरलाई दवाब दिने गरेको । दबाब दिदाँ पनि गलतकाम गर्न नमाने पछि सुधा रिजाल र निलम भट्टराईलाई सरुवा गरेको । १० हजार वर्ग फिट भन्दा माथिको नक्सा पासको निम्ती जुरी डेक्समा पठाउनु पर्ने मा घुस नदिएमा फाईल सम्बन्धित डेक्समा नपठाएर सेवाग्राहीलाई दुख दिने गरेको ।
मुद्धा नं २
क) काठमाडौं महानगरपालिकाका नगर प्रहरीका एससपी राजुनाथ पाण्डेले भवनको डिपीसी,नक्सा पास,अवैध निर्माण कार्यमा अप्रत्यक्ष ढङ्गाले दबाव दिई रकम उठाउने गरेको ।त्यसैगरी विभिन्न ठाउँमा मापण्ड विपरीत बनिरहेका संरचनाहरुमा रकम माग्ने नदिए मापदण्ड विपवरीतको निर्माण भनेर भत्काइृ दिने रकम दिएमा नदेखेको जस्तो गर्ने गरेको र हाईटेन्सन लाईन मुनी कुनै पनि घर टहारा निर्माण गर्न नमिल्ने कानुनी व्यवस्था विपरीत आर्थिक मोलईजाको आधारमा अनदेखा गर्ने गरेको ।
ख) फुटपाथ निमार्ण गरिरहेका ठाउँमा बनाउने ठेक्दार र निर्माण सामाग्री उपलब्ध गराउने व्ययापारीले पैसा दिएमा निर्मामाण भईरहेको ठाँउमा बार लगाएर सामाग्री राख्न दिने । पैसा नदिएमा फुटपाथमा निर्माण सामाग्री राखेको भन्दै जरिवान तिराउने वा सामाग्री उठाएर लैजाने गरेको ।
ग) वानेश्वर क्षेत्रमा फुटपात बजारको नाममा चोक भन्दा थोरै भित्र मुकेश पाण्डे नाम गरेका घर जग्गा धनीसँग वडा नम्बर १० का सचिब सुबोध खड्का र एसएसपी राजुनाथ पाण्डेको मिलेमतोमा चार तलाको आईबिमको टहारा नाक्सा पास समेत नभएकामा फुटपात बजारको नाममा २७५ स्टल खडा गरी व्यापार सञ्चालन गर्दै आएका छन उक्त फुटपात बजारका कुनै पनि स्टल नियम अनुसार व्यवसाय दर्ता गरप सञ्चालन गर्न पर्नेमा सो नगरीएको र फुटपात बजार सञ्चलक मुकेश पाण्डेले समेत दर्ता नगरी तिर्नु बुझाउनु जर्ने व्यवसाय कर वा आयकार नतिरी मासिक १ करोड २० लाख भाडाँबाट आम्दनी गर्ने गरेको यसको कमिशन वडा नम्बर १० का सचिब सुबोध खड्का र एसएसपी राजुनाथ पाण्डेले समेत लिने गरेको । यस कार्यका मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाह समेतको मिलेमतो रहेको ।
मुद्धा नं ३
क) कामपाको जहाँ खाली त्यहाँ हरियाली भन्ने कार्यक्रममा अन्र्तगत प्रत्येक वडामा हरियाली प्रर्वधन गर्ने भन्दै प्रत्येक वडामा विना प्रतिस्पर्धा १०, १० लाखको काम दिएको । यसबाट आउने कमिसन मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाह एवम् मेयरका सल्लाहकार अर्जुन घिमिरेको मिलेमतोमो कामको ठेक्का तथा सेटिङको चाँजोपाजो मिलाउने गरेको ।
ख) राजस्व विभागका प्रमुख दिपक अधिकारी एससपी राजु पाण्डेको मिलेमतोमा सडममा राखिने डिजिटल विज्ञापन बोडहरुको राजस्व छलछाम गरी कमिसन खाई महानगरको राजस्वमा हानी गरेको ।
ग) सानो गौचरणको फुटबल मैदान बनाउने काम ५ प्रतिशत कमिसन लिई योग्यता नै नभएको ठेकेदारलाई दिएर कानुन विभाग प्रमुख बसन्त अधिकारी र खरिद ईकाइका प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेको यसको कमिसन प्रमुख बालेन शाहका स्वकीय सचिव भुपदेव शाह र सल्लाहकार सुनिल लम्सालले समेतको मिलेमतोमा आर्थिक अपाचलन गर्ने गरेको ।
घ). मेयरको क्वाटर र मेयर सचिवलाय मर्मत गर्दा एक करोडको काम १० ओटा टुक्रा गरी विना टेन्डर कोटेसनमा काम दिएर खरिद प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेको साथै यसमा कमिसन बापतको रकम स्वकीय सचिव भुपदेव शाह र सल्लाहकार सुनिल लम्साल समेतले लिने गरेको त्यसैगरी महानगरको सुचना प्रविधिको प्याकेज खरिद गर्दा खरिद एकाई प्रमुख राम रतन शाह मेयरका आईटी विज्ञ सल्लाहकार सुदिप ढकाल र सन्तोष पाण्डे तथा सुनिल लाम्सलको समेतको मिलेमतोमा विना प्रतिस्पर्धा टिप्पणी आदेशको भरमा करोडौंको सामाग्री खरिद गर्ने गरेको सफवयर खरिदमा चरम दुरुपयोग गरेको महानगरका एससपी राजुनाथ पाण्डेले यसअघि २०७२ सालमा रानीमहल गजल भवनको अनियनि निर्माण कार्यमा तत्कालीन कार्यकारी अधिकृत पुणर्भक्त तण्डुकारलाई समेतलाई गलत सुचना प्रवाह गरी ७ लाख रुपियाँ घुस खाएकोे ।
मुद्धा नं ४
ज्योती भवनको घर खाली गराउने सम्बन्धमा कानुन तथा मानवअधिकार विभाग प्रमुख बसन्त अधिकारी र महानगरका एससपी राजुनाथ पाण्डेले सो मुद्दाका पक्ष विपक्षसँग सेटिङमा दोहोरो भुमिका खेलि ४० लाख घुस खाएको ।

मुद्धा नं ५
क) काठमाण्डौ महानगरपालिकाले विद्यालयलाई दिने विद्यालयलाई खाजा कार्यक्रममा खरिद इकाई प्रमुख राम रतन शाह र सल्लाहकार कुमार बेन मिलेर कमिसन खाएको त्यसैगरी शिक्षा विभागले शिक्षा सम्बन्धी डिस्पेले बोर्ड राख्न विभागका प्रमुख र लेखा अधिकृत श्याम ँन्यौपानेको समेत मिलेमतोमा विवादीत म्याक्स कम्पनीलाई बिना प्रतिस्पर्धा दिएको भ्रष्टाचार मुद्धा खेपि रहेको यो कम्पनलिाई दिन नमिल्ने भनेर अघिल्लो मुल्याडकन समितीले भने पनि अहिले सो विभागका प्रमुख र लेखा अधिकृत श्याम न्यौपानेले कमिसन खाई सोही म्याक्स कम्पनीलाइ दिएको ।
ख) काठमाण्डौ महानगरपालिकाले विद्यालयलाई दिने विद्यालयलाई खाजा कार्यक्रममा खरिद इकाई प्रमुख राम रतन शाहा र सल्लाहकार कुमार बेन मिलेर कमिसन खाएको ।
ग) काठमाडौको लैनचोरमा रहेको नेशनल स्कुल अफ साईन्स निष्टले महानगरमा नक्सा पास गर्दा बेसमेन्ट पार्किड भनि पास गरेको ठाँउमा अहिले ल्याब चलाई रहेको छ । महानगरपालिकामा बालेन शाह मेयर बनेर आए पछि महानगरमा नक्सा पास गर्दा जे प्रयोजनका निम्ती भनि नक्सा पास गरेको छ सोही प्रयोजनमा प्रयोग गर्नु पर्ने नियम कडाइका साथ लागु गर्दै आएको छ । निष्टले अहिले भवनसंगैको सार्वजनिक जग्गा मिचेर पाकिड बनाएको छ । तर काठमाडौं महानगरपालिकाका नगर प्रहरीका एससपी राजुनाथ पाण्डेले त्यसै छाडेको । भनि उजुरी दर्ता गरिएको छ ।