दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीले छापा मारेको छ।
गत मंगलबार राति अचानक सैनिक शासन (मार्सल ल)को घोषणा गरेर विवादमा तानिएका राष्ट्रपति योलको कार्यालयमा आज बुधबार अनुसन्धानका लागि प्रहरीले छापा मारेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन ।
उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्नका लागि बनेको भ्रष्टचार अनुसन्धान कार्यालयले सोमबार विदेश जानबाट रोक लगाउन अनुमति माग गरेको थियो। त्यसपछि कानुन मन्त्रालयले स्वीकृति दिएको थियो।
राष्ट्रपति पदमै रहँदा अनुसन्धानमा हुनेमा युन दक्षिण कोरियाका पहिलो व्यक्ति बनेका छन्। सम्भवतः पदमै रहेको बेलामा पक्राउ पर्न सक्ने भनेर समाचार माध्यले जनानएका छन ।
राष्ट्रपतिमाथि विपक्षी दलले विद्रोह गरेको आरोप पनि लगाएका छन्। सैनिक शासन लागु गरेर संसदमा सांसदहरूलाई रोक्नका लागि सेना नै पठाएको आरोप समेत लगाएका हुन्। युनले सैनिक शासन लगाएको ६ घण्टामै संसदबाट उल्टिएको थियो।
सैनिक शासन लागुगर्ने घोषणा गरेपछि संसदमा उनीविरूद्ध महाअभियोगको प्रस्ताव पनि लगेको थियो। तर प्रस्ताव पनि अस्वीकृत भएको थियो।


















