माओवादी केन्द्रको स्थायी कमिटी बैठक ११ बजे बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अहिले ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

बैठकमा माओवादी घटकसँगको एकता प्रक्रिया, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा दिने जिम्मेवारी, विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन लगायतका विषयमा छलफल हुने एजेण्डा छ ।माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २ गतेदेखि सुरु गर्ने तयारी छ । सोही बैठकका एजेण्डा तय गर्न माओवादीको स्थायी कमिटी बैठक बस्न लागेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।