बहुआयमिक कृषी बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारणसभा सम्मपन्न

बहुआयमिक कृषी बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारणसभा यही २०८१ पौष ६ गते शनिबार सम्मपन्न भएको छ । शनिबार काठमाडौंमा समपन्न संस्थाको १६ औं वार्षिक साधारणसभा ध्रुब प्रसाद खनालको अध्यक्षतामा भएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष खनालले सञ्चालक समितिको तर्फबाट आव २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको आर्थिक वर्ष ०८०/०८१मा सेयर पुँजीतर्फ ३ करोड ८१ लाख ८९ हजार रूपैयाँ कायम रहेको उल्लेख छ।

संस्थाले निक्षेपतर्फ ३८ करोड १३ लाख ६६ हजारसंकलन गरेकोमा बचत फिर्ता १९ करोड ७३ लाख ७० हजार गरि जम्मा निक्षेप १८ करोड ३९ लाख ९६ हजार रहेको जानाकारी दिनुभयो । संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका सञ्चालक समितिको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

कार्यक्रम पुर्वमन्त्री बिक्रम थापाको प्रमुख आथित्यतमा भएको थियो । प्रमुख अतिथि थापाले अरु सहकारीले बचतकर्ताको रकम हिनामिना गरे पनि बहुआयमिक कृषी बचत तथा ऋण सहकारी संस्थाले नाफा दिएर राम्रोकाम गरेको बताउनुभयो । कार्यक्रम नागर्जुन नगरपालिकाका प्रवक्ता महेश रिमाल बिशेष अतिथी हुनु हुन्थ्यो । कार्यक्रममा संस्थाका अध्यक्ष खनालले सहकारीमा १५ सय ३२ जना भन्दा बढी सदस्य भएको र उहाँहरु सबै सहकारीसँग सन्तृष्ट भएको बताउनुभयो । उहाँले सदस्यहरुका छोराछोरी कापीकलम सहित छात्रवृद्धि दिई रहेका छौं सहकारी नाफा मै छ । यद्यपी गत वर्ष भन्दा नाफा केही घटेको तर आत्तिनु पर्ने कुनै अवस्था नरेको सहकारी राम्रो सँग चलिरहेको जानाकारी दिनुभयो ।