कैलाली, टिकापुर नगरपालिका-२ ठानापुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित टिकापुर नगरपालिका-९ रैनिबोझी बस्ने २९ वर्षीय गोबिन्द चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, ईनरुवा नगरपालिका-२ बस्ने २५ वर्षीय अजय कुमार मण्डललाई अवैधलागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसोप्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्तपदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















