कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै भीम रावल

आज एमालेबाट निष्कासनमा परेका डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् ।

आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टीबारे जानकारी दिने बताएको छ ।