कलियुगमा सत्य प्रेमको हार

सामाजिक सञ्जालमार्फत विश्वभरी चर्चा कमाउन सफल प्रेमिल जोडीको एक उदारण हुन विवेक पंगेनी र सृजना सुवेदी विवेक पंगेनी र सृजना सुवेदीको जोडीलाई सामाजिक सञ्जाल टिकटक मार्फत धेरैले रुचाएका थिए । यो जोडीले टिकटकमा विभिन्न खालका रमाईलो भिडियो बनाउदै रमाउँदै आएका थिए । यसरी दिनहरु बित्दै थिए तर यो जोडीलाई एक्कासी बज्रपात आईलाग्यो ।

२०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्न विवेक अमेरिका पुेगेका थिए । अमेरिका पुगेको ५ महिनापछि आमाको निधन भयो । आमाको निधनपछि उनी नेपाल फर्किए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा थाहा भयो, विवेकलाई क्यान्सरले च्यापिसकेको थियो । उनको ब्रेन ट्युमर चौंथो स्टेजमा पुगेको थाहा पाएपछि विवेक र सिर्जना छाँगाबाट खसे झैं भयो । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।

उनको दुईवटा शल्यक्रिया गरेर ७० प्रतिशत ट्युमर निकालिएको थियो । उनको किमोथेरापी र रेडियसनमार्फत लामो समयदेखि उपचार भइरहेको थियो । उनलाई ६ महिनाको बाच्ने समय दिएको थियो । उनको लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरेका थिए । विवेक क्यान्सरसँग लडिरहेदा श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले गरेको स्यार सुसारमा कुनै कमि राखेको थिइनन् । सिर्जनाको पनि सामाजिक सञ्जालबाट उनका शुभचिन्तकहरुले उतिकै प्रशंसा गरेका थिए । उनलाई कलियुगको सिता समेत भनेका थिए । सृनजाले विवेकको लागि गरेको त्याग हेर्दा उनीहरुलाई मुना मदनको जोडीको उदारण दिदै आए । अन्तता अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका विवेक पंगेनी उपचारका क्रममा अमेरिकामै अस्ताए।

उनको मृत्युभए सँगै सामाजिक सञ्जालमा विवेक पंगेनीलाई विभिन्न देशबाट श्रदाञ्जली दिने र सृजनालाई सन्त्वान दिनेको कमी रहेन । सामाजिक सञ्जानलमा विवेक पंगेनीको अन्तिम बिदाइृको दृश्य हेर्दा सबै भाव विहल भएको थियो । उनको मृत्यु पछि चारैतिर चोखो प्रेमको हार भएको र सत्यको हार भएको चर्चा चलिरहेको छ ।

हुन त मानव जिवन न त हो कहिले सुख त कहिले दु ख कहिले उकालो त कहिलो ओरालो तेस्तै भएको छ सृजनाको जिवन पनि पर्दाभित्र र बाहिरको दुनियाँ फरक हुन्छ । सामाजिक सञ्जाल टिकटकमा बुढालाई नचाउन प्रयासरत सृजनाको बहिरी जिवन रमाइृलो खुसी देखिन्थ्यो भने उनको वास्ताविक जिवनको कथा भने उनले खुलाएकी छैनन् । चलचित्र होस् या नाटक, त्यहाँ देखाइने कतिपय कथावस्तु मानिसको दैनिकीभन्दा निकै पर हुन्छन्। मानिसले पर्दाभित्र र बाहिरको दुनियाँलाई फरक नजरबाट हेर्छन् अनि आफूसक्दो विश्लेषण गर्छन्। तर समाजमा कतिपय यस्ता वास्तविकता पनि हुन्छन देखेको दुनियाँ र भोगेको दुनियाँ फरक हुन्छन ।

हुन त श्रीमान–श्रीमतीको जोडी जीवनभर जस्तोसुकै परिस्थितिमा पनि रहने भएकाले ‘जीवनसाथी’ भनी नामाकरण गरिएको होला। तर पूँजीवादी समाज त्यसमाथि पनि व्यक्तिवादी बन्दै गएको हाम्रो सामाजिक संरचनाका लागि सिर्जना एक उदाहरणीय नारी पात्र बनिन्। जसले आफ्नो तन मनले सकेको जति गरेर पनि श्रीमानको स्वास्थ्यमा सुधार हुन नसके पछि अन्तत उनले आफ्नो श्रीमानलाई गुमाईन । सृजनाको रङ्गीन जिवन रङ विहिन भयो । उनको जिवनको सहारा खोसियो । उनको शुभ चिन्तकहरुले अब सृजना आउने दिनहरुमा कसरी अगाडि बढ्छ भनेर चिन्ता समेत व्यक्ति गरिरहेका छन ।