सुकुन्दा साहित्य पालाद्वारा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान

सुकुन्दा साहित्य पालाले विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई एक कार्यक्रम गरी सम्मान गरेको छ । रत्न राज्यलक्ष्मी क्याम्पसको सभा हलमा आयोजना गरेको कार्यक्रममा अन्तरास्ट्रिय खेलाडी सम्मान, नेपालभाषा सर्वोकृष्ट हुने तथा नयाँ विध्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको हो ।

शनिबार सम्पन्न कार्यक्रममा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा अन्तर कलेज साहित्य पाःलाः का पुर्व अध्यक्ष हितकार वीरसिंह कंसाकार, नेवाः बस्ति स्कुल अभियानको संयोजक दिप तुलाधर, आर आर क्याम्पस सहायक डोलराज काफ्ले र नेपाल भाषा केन्द्रीय विभागका पूर्व प्रमुख चन्द्रमान बज्राचार्य, क्याम्पस प्रमुख प्रा.डा. जिवनधर ज्ञवालीको विशेष अतिथि र पालाका पूर्व अध्यक्षहरु, शिक्षक शिक्षिकाहरुको आतिथ्यमा कार्यक्रम सञ्चालन थियो ।

करिब सय जना उपस्थिति रहेको कार्यक्रमका प्रमुख अतिथि सुनिता डंगोलद्वारा सुकुन्दामा दिप प्रज्वलन गरेर सुभारम्भ भएको कार्यक्रममा नेपालभाषा अध्ययनरत अन्तराष्ट्रिय सेपाकताक्रो खेलाडी सुमित्रा डंगोल, त्रिभुवन विश्वविद्यालय नेपालभाषा सर्वोकृष्ट सोमि डंगोल, स्नातकोत्तर तह रत्न राज्यलक्ष्मी क्याम्पस नेपालभाषा सर्वोकृष्ट कृता बज्राचार्य लगायत सम्मानित भए ।

नेपालभाषा स्नातक तहमा अध्यन गर्न भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्ने, स्नातक र स्नातकोत्तर तहमा अ‍ाफ्नो अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रममा पालाका सचिव रिदेन महर्जनले नेपालको अस्तित्व र इतिहास संग प्रत्यक्ष सम्बन्धित नेवास् जाति र भाषाको ठुलो महत्त्व रहेको जनाउनुका साथै नेपालभाषा अध्ययन स्नातक र स्नातकोत्तर तहमा पूरा गरेका विद्यार्थी हरुको उज्ज्वल भविस्यको कामना गर्नुका साथै नेपालभाषा अध्ययन गर्न रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरे ।

विशेष अतिथि क्याम्पस प्रमुख प्राडा. जीवनधर ज्ञवालीले नेपालको अस्तित्व र इतिहास संग प्रत्यक्ष सम्बन्धित नेवाः जाति र नेपालभाषाको ठुलो महत्त्व रहेको जनाउनुका भाषा रहे मात्रै कनै पनि जातिको अस्तित्व रहन्छ त्यसैले रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्यापन र अध्ययन गर्न नेपालभाषा अभियान्ता प्रशान्त डंगोल, रिदेन महर्जन लगायत अभियान्ताहरुको पहल कदमीको खुलेर प्रसंशा गर्दै नेपालभाषा अध्यापनमा कुनै कमिकम्जोरी हुन नदिने वाचाका गरे।

विषेश अतिथि हितकर वीर सिंह कंसाकारले सबै पालाहरु निष्क्रिय रहेको अवस्थामा सुकुन्दा साहित्य पाला पुनः गठन गरेर विविध क्रियाकलाप गर्दै नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाई आकर्षण गर्दै आइरहेकोमा खुशी व्यक्त गरे ।

प्रमुख अतिथि काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले नेपालभाषा अभियान्ताहरुको पहलमा स्नातक र स्नातकोत्तर तहको अध्यापन रत्न राज्यलक्ष्मी क्याम्पसमा भैरहेको प्रति खुशी व्यक्त गर्नुका साथै नेपालभाषा विषयमा विद्यार्थी आकर्षण गर्न र शिक्षक शिक्षिकाहरुलाई प्रोत्साहन गर्न नेपालभाषा अध्यापन निरन्तरता गर्न महानगरको मात्रै मुख ताकेर नबसिकन नेपालभाषा अध्यापनकालागी समयानुकूल आवश्यक पुर्वाधारको व्यवस्थापन गर्न क्याम्पस प्रशासनले यथासिघ्र स्थायी दरबन्दीको माग गरेर नेपालभाषालाई स्थायित्व दिन पहल कदम चलाउनु पर्ने बताउनुकासाथै यसो गर्दा विद्यार्थी, शिक्षकहरुलाई सुविधा हुने भएपनि क्याम्पस अ‍ात्मनिर्भर भएर सञ्चालन गरेको विषयले समाज र देसमा छुट्टै प्रभाव पार्ने हुनाले निकट भविस्यमै आवश्यक दरबन्दी माग गरि व्यवस्थित तवरले नेपालभाषा अध्यापन अगादि बधेको हेर्ने इच्छा रहेको र सो कार्यको लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण साथ र सहयोग हुने बताईन् ।

सो कार्यक्रमका सभाध्यक्ष सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य नेपालभाषीहरुको बहुमुल्य सम्पत्ति भाषा, काला, साहित्य, संस्कृति, संस्कार, सम्पदाको अध्ययन अध्यापन गर्न सहज वातावरण निर्वान गर्न,विद्यार्थी हरुलाई आकर्षण गर्न साथै सो नेवास्सम्पदाको संरक्षण सम्वर्दन व प्रवर्दन गर्न नेवास् संघसंस्थाहरुलाई घच्घचाउने र नेपालभाषाका विद्वान विदुसिहरुले भाषा, कला,साहित्य, संस्कृति,क्षेत्रमा पुर्याउनुभएको योगदानको उचित मुल्यांकन गरी उनिहरुद्वारा रचित बहुमुल्य कृतिहरुको संरक्षण गर्न अप्रकाशित कृतिहरु नेपालभाषा एकेडेमीमार्फत प्रकाशनमा ल्याउन सन्देश दिन सो कार्यक्रम आयोजना गरेको जनाए ।

कार्यक्रम नेवाः गायक, लिपि अभियान्ता पवित्र वीर कंसाकारले सञ्चालन गरिएको कार्यक्रममा आर आरमा सर्वोकृष्ट हुनु भएकी कउता बज्राचार्यले नेपालभाषा विषय खाली सबैले पढ्नै पर्ने विषय भएको जनाउदै नेपालको संस्कृति, ईतिहास, साहित्य, अभिलेख जस्ता अध्यन, अनुसन्धान हुने भएकाले एकदम रमाइलो लागेको नेवाः भाषा अभियन्ता रिदेन महर्जनले जानकारी दिए ।