बर्दियाको मधुवन नगरपालिका-४ गम्का चोकस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको से.१३ प ४१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार राजापुर नगरपालिका-६ महादेउली बस्ने २४ वर्षीय टोपेन्द्र बुढा क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















