यू-१९ महिला विश्‍वकप : नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य

आईसीसी यू-१९ टी२० महिला विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग खेलिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको छ । नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् ।

बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १-१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए । गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।