विश्व मगर संघ बेल्जियमद्वारा माघे सकराती भब्य रुपमा मनाइयो

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित “माघ्या सकराटी“ माघे सकराती पर्व विविध कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ ।


लुभेन क्यासेल्लो स्थित डोन बोस्कोमा आयोजित विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे सकराती चाड मगर समुदायले विविध कार्यक्रम गरी मनाइएको हो ।

मगर समुदायको प्रमुख चाडको रुपमा रहेको माघे सकरातीलाई देश तथा विदेशमा रहेका मगर तथा गैरमगर समुदायले आफ्ना चाडपर्वलाई पहिचान गर्दै संरद्धन र प्रवद्र्धन गर्नकोलागि पनि चाडपर्वहरु मनाउँदै आइरहेका हुन् ।

विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका लागि कार्यवाहक राजदुत रूस कार्कीको प्रमुख आतित्यतामा जेष्ठ नागरिक प्रमुख सल्लाहकार, राम बुढा मगर, संरक्षक लाल प्रसाद पाईजा मगर, संस्थाका संरक्षक मार्के मगर र विशेष अतिथिहरू अन्तर्राष्ट्रिय मगर महासंघ महासचिव तथा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्तिमगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, लुभेन नगरपालिका सदस्य सूर्य ढकाल, मगर समाज युके अध्यक्ष सिता पुन, कल्चरल डाइरेक्टर सरू गुरुङ राना मगर पोर्चुगल मगर समाजका सल्लाहकार यामेन्द्र घर्तिमगर, विशिष्ठ अतिथि सिताराम थापा मगर नेपाल मगर संघ केन्द्रीय सदस्य, एनआरएन अध्यक्ष तथा मगर समाज नेदरल्याण्ड सल्लाहकार मिम पूर्जा, मगर समाज नेदरल्याण्डकी शान्ति थोकर लगायतको बिशेष उपस्थितिमा माघे सकराती पर्व मनाइएको थियो

कार्यक्रममा जातिय मातृसंस्थाहरू शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा, तमु समाजका अध्यक्ष होम गुरुङ, किरात राई सोसाइटी यायोख्खा बेल्जियमकी अध्यक्ष इन्दिरा चाम्लिङ, तामाङ समाज अध्यक्ष राम लामा, किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांग, पाशा पुचका अध्यक्ष सूर्य नारायण श्रेष्ठ, थकाली सेवा समिति अध्यक्ष सरोज गौचनको बिशेष उपस्थिथि थियो ।

युरो कलाकार संघ बरिष्ठ उपाध्यक्ष जिमी गुरुङ, नेपाली व्यवसायी संघ अध्यक्ष चिरन कुमार खवास, प्रवासी मञ्च निःवर्तमान अध्यक्ष चन्द्र कुमारी (ईशा) गुरुङ, जनसम्पर्क समिति महामन्त्री गोबिन्द अधिकारी, जनप्रगतिशील मञ्च उपाध्यक्ष मनिस गुरुङ, राप्रपा अध्यक्ष अनिल थापा, रास्वपाका माधव सापकोटा, चितवन सहायता समाज अध्यक्ष लगायत अतिथि थिए ।

त्यसैगरी मोनाका अध्यक्ष, प्रदीप थापा, पर्वत समाजका अध्यक्ष नन्दाकुमारी गुरुङ, एनआरएन अभियन्ताहरू गङाधर गौतम, शिव कुमार बरुवाल, गङ्गा शर्मा, हरि भट्टराई, नवलपुर समाजबाट राम पुनमगर, युरो खेलाडी सघबाट गणेश थापा, क्षेत्री समाजबाट किसन केसी, कास्की समाज अध्यक्ष जिबन गुरूङ, सिक्ल्स पार्चे कल्याणकोष अध्यक्ष ओम प्रसाद तमु लगायतको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई, आख्यानकार, लेखक तथा पत्रकार पंचम अधिकारी, स्तंभकार, लेखक तथा पत्रकार प्रेस सेन्टर केन्द्रीय सदस्य दिल निशानी मगर समेतको उपस्थिति रहेको थियो ।

युरोपका विभिन्न देशहरू लगायत र बेल्जियममा स्थापित विभिन्न जातीय, क्षेत्रीय, वैचारिक, सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा अतिथि, विशेष अतिथिहरू, सम्पूर्ण संघ संस्थाका अध्यक्ष, प्रतिनिधिहरूलाई मगर जातीको फेटा खादा र ब्याजÞद्वारा सम्मान गरिएको थियो । मगरहरूको पितृ पूजा गरी शुभ आरम्भ कार्यक्रम मगरहरूको प्रचलन धनुषवाण हानी पाहुनाहरूले मनोरञ्जन लिएका थिए। विश्व मगर संघ बेल्जियमका कुल मगर, सचिव सुश्री सुशीला रोका मगर, अमर राना मगरको सञ्चालनमा संस्थाका उपाध्यक्ष बल बहादुर पुनद्वारा स्वागत मन्तव्य साथै प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूले माघे सकराती पर्वको विषयमो शुभ कामना मन्तव्य दिएका थिए।

विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरद्वारा औपचारिक कार्यक्रम धन्यवाद सहित समापनसँगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार गायिका रोका मगर, तारा पुन मगर र गजीन जुग्जाली मगरद्वारा विभिन्न लोक गीत सालैजो भाकामा गीतहरूद्वारा आ–आफ्नो प्रस्तुतिहरू दिएका थिए । साउण्ड सिस्टममा (डिजे) मीन पुन मगर फोटो, भिडियो, फेसबुक लाइभको लागि युरो नेपाल च्यानलले साथ दिएका हुन् ।

कार्यक्रम समापन पश्चात् विभिन्न लोक दोहोरी भाकामा सालैजो गीतहरूबाट नाचगान गरी भरपुर मनोरञ्जन लिए । माघे सकराती चाड मनाउन विभिन्न क्षेत्रमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो । एकअर्कामा शुभकामना आदानप्रदान गर्दै मौलिक गीतमा नृत्य गरी मिष्ठान परिकार खाएर माघे सकराती पर्व मनाएका हुन् । माघे सकराती पर्व मनाउन मगर समुदायहरुले आफ्ना भेषभुषामा सजिएर कार्यक्रममा सहभागी थिए । तस्वीरः केजिन राई